नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी-२० शृंखला हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित त्रिवि (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी-२० शृंखला आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघले प्रेस विज्ञप्ति जारी गर्दै उक्त खेल तालिकासहितको विवरण सार्वजनिक गरेको हो ।

क्यानका अनुसार यो खेल शृंखला आगामी डिसेम्बर सन् २०२६ मा संचालन हुने तय भएको छ । स्कटल्याण्डमा सम्पन्न आइसिसी कन्फरेन्सका क्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्डका सचिव देवजीत साइकियाबीच भएको विशेष बैठकले यस टी-२० शृंखला आयोजना गर्ने महत्वपूर्ण निर्णय गरेको थियो ।

सार्वजनिक गरिएको खेल तालिका अनुसार नेपाल र भारत ’ए’ बीचको पहिलो टी-२० खेल डिसेम्बर ९ मा हुनेछ । यसैगरी, दोस्रो खेल डिसेम्बर ११ मा र तेस्रो तथा अन्तिम टी-२० खेल डिसेम्बर १३ मा कीर्तिपुर मैदानमा खेलिने नेपाल क्रिकेट संघका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

null


 

Share News