जेठमा पनि घट्यो बैंकहरूको ब्याजदर, कुन बैंकको कति ?

<p>काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि मुद्दती निक्षेपतर्फमा ब्याजरद घटाएका छन् । जेठ महिनाका लागि विभिन्न सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरूले मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएका हुन् । जेठमा १९ वटा बैंकहरूको ब्याजदर ०.०७ प्रतिशत घटेर व्यत्तिगततर्फ ७.०७ प्रतिशत र संस्थागततर्फ ५.८९ प्रतिशतमा झरेको छ । बैशाखको तुलनामा जेठमा ८ वाणिज्य बैंकले ब्याजदर घटाएका [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि मुद्दती निक्षेपतर्फमा ब्याजरद घटाएका छन् । जेठ महिनाका लागि विभिन्न सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरूले मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएका हुन् ।

जेठमा १९ वटा बैंकहरूको ब्याजदर ०.०७ प्रतिशत घटेर व्यत्तिगततर्फ ७.०७ प्रतिशत र संस्थागततर्फ ५.८९ प्रतिशतमा झरेको छ । बैशाखको तुलनामा जेठमा ८ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने दुई बैंकले बढाएका छन् ।

एनएमबि बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, सानिमा बैंक, नबिल बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले जेठमा ब्याजदर बढाएका हुन् । तर, एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले जेठमा ब्याजदर बढाएका छन् ।

साथै, जेठमा हिमालयन बैंक, प्रभु बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् ।

Share News