कुमारी बैंक र फिट लाइफ क्लबबीच विशेष छुट सम्झौता

<p>काठमाडौं । कुमारी बैंक लिमिटेड र कैलालीस्थित फिट लाइफ क्लबबीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई फिट लाइफ क्लबबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्न सम्झौता भएको हो । यस सम्झौता कुमारी बैंक लिमिटेडका ग्राहकहरूले फिट लाइफ क्लबबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा  उक्त क्लबमा [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लिमिटेड र कैलालीस्थित फिट लाइफ क्लबबीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई फिट लाइफ क्लबबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्न सम्झौता भएको हो ।

यस सम्झौता कुमारी बैंक लिमिटेडका ग्राहकहरूले फिट लाइफ क्लबबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा  उक्त क्लबमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभरि रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

Share News