
काठमाडौं । नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जनाले मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा दिएका छन् ।
राजीनामा दिने एमालेका मन्त्रीहरूमा सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल, केशव राय र शारदा थापा रहेका छन् । सरकारलाई दिँदै आएको समर्थन पनि आजै फिर्ता लिने बताइएको छ।
नेकपा माओवादी केन्द्र पनि मधेश सरकारबाट बाहिरिइसकेको छ।
उपेन्द्र यादवले नेतृत्व गरेको जनता सामाज पार्टी फुटेपछि एमाले र माओवादीले मधेश सरकार छाडेका हुन् । अब यी दुवैले आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्नेछन् ।