भारतीय दूतसरह अभिव्यक्ति दिएपछि डा. नेपालको जिम्मेवारी खोसियो

<p>काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालको जिम्मेवारी खोसिएको छ । एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध अभिव्यक्ति दिएपछि राष्ट्रपति कार्यालयले उनको जिम्मेवारी खोसेको हो । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले डा. नेपालले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिएकी छन् । नेपालले नोटमा नयाँ नक्सा राख्ने विषयमा गलत [&hellip;]</p>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालको जिम्मेवारी खोसिएको छ । एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध अभिव्यक्ति दिएपछि राष्ट्रपति कार्यालयले उनको जिम्मेवारी खोसेको हो ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले डा. नेपालले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिएकी छन् । नेपालले नोटमा नयाँ नक्सा राख्ने विषयमा गलत अभिव्यक्ति दिएका थिए । उनले सरकारको निर्णयविरूद्द तत्काल नयाँ नक्सा राख्न नहुने अभिव्यक्ति दिएका थिए । उनले भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राखिनु गलत भएको धारणा सार्वजनिक गरेका थिए ।

उनको सो अभिव्यक्तिपछि उनी विवादमा तानिएका छन् । राष्ट्रपतिको आर्थिक सल्लाहकारजस्तो व्यक्तिले सरकारको निर्णयविरूद्द बोलेपछि उनलाई राजीनामा दिन दबाब थियो । ठूलो दबाबका बीच उनले राजीनामा दिएका हुन् ।

उनले पदबाट राजीनामा दिए पनि उनको अभिव्यक्ति भित्रको रहस्यका विषयमा भने धेरैले चासो राखेका छन् । सरकारले नै गरेको निर्णयविरूद्द राष्ट्रपति कार्यालयका सल्लाहकार बोलेपछि उनलाई धेरैले सांकेतिक ढंगबाट ‘भारतीय दूत’का रूपमा चित्रण गर्न थालेका छन् ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपालको अभिव्यक्तिको विरोध गरेका थिए । उनले यो गम्भीर विषय रहेको बताउँदै यसबारे संसदमा पनि बहस हुने धारणा राखेका छन् ।

गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो । तर, यसको अहिले भारतले विरोध गरिरहेको छ ।

२०७७ साल जेठ ७ गते नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सा जारी भएसँगै नेपालभरि चुच्चे नक्सा प्रयोग भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले पनि नोटको साइज वा कुनै छाप परिवर्तन गर्दा सरकारको अनुमति लिनु पर्ने व्यवस्था छ । तर, नेपाल राष्ट्र बैंककै गभर्नर बनिसकेका डा. नेपाल सरकारको निर्णयविरूद्द अभिव्यक्ति दिएपछि चौतर्फी उनको आलोचना भइहरेको छ । चर्को आलोचना र दबाब आएपछि उनी पदबाट हट्न बाध्य भएका हुन् ।

Share News