गायक रवि ओडले गरे आत्मसमपर्ण

<p>काठमाडौं । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा प्रहरीमा आत्मसर्मपण गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । ओडको घर कञ्चनपुर कृष्णपुर नगरपालिका, गुलरिया हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ओड बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जनाएको छ । उनकै श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय [&hellip;]</p>

काठमाडौं । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा प्रहरीमा आत्मसर्मपण गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

ओडको घर कञ्चनपुर कृष्णपुर नगरपालिका, गुलरिया हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ओड बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जनाएको छ ।

उनकै श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् । वैवाहिक बलात्कारको जाहेरी परेपछि उनीविरुद्ध पक्राउका लागि प्रहरीले प्रक्रिया अघि बढाएको थियो ।

प्रहरीका अनुसार ओडमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

Share News