
काठमाडौं । दैलेख बजारमा भीषण आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको थियो ।
आगो नियन्त्रणमा लिने प्रयास भइरहेको र त्यसका लागि दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय परिचालित गरिएको दैलेख प्रहरीले जनाएको छ ।