काठमाडौं । सरकारले विभिन्न मन्त्रालयका ६ जना सचिवको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।
यस्तै, लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुपन्छी विकास सचिवका रुपमा सरुवा गरेको हो । पशुपन्छी विकासका सचिव रेवतीरमण पौडेललाई कृषि विकास सचिवको जिम्मा दिइएको छ ।
कृषि सचिव गोविन्दप्रसाद शर्मालाई भने वन मन्त्रालयमा सरुवा गरिएको छ ।