
काठमाडौं । नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । संघको बुधबार बसेको भर्चुअल बैठकले आजदेखि लागु हुने गरी नयाँ समर्थन मूल्य निर्धारण गरेको हो ।
नयाँ निर्धारण भएको मूल्यअनुसार मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ पर्नेछ । ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्ने संघले जनाएको छ ।
नयाँ निर्धारण गरिएको मूल्य पहिलेको भन्दा घटेको हो ।
यसअघि २२ चैतमा मध्यम अन्डाको मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठूलो अन्डाको मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ थियो ।