होलीमा खेलिएको रंगले छालालाई कस्तो असर पार्छ ?

<p>काठमाडौं । होली रंगहरूको पर्व हो । रंग एकआपसमा लगाउँदै, खुसीयाली साँटासाँट गरि मनाइन्छ । तर नेपालमा आवश्यक मात्रा भन्दा धेरै रंग दल्ने गरिन्छ । टाढाबाट लोला हान्ने, कपाल, आँखा, मुखमा जताततै रंग पोतिन्छ । यसरी होलिमा लगाइने रंग भने स्वास्थ्यका लागि हानिकारक हो । हामीले ध्यान नदिँदा एक, दुई दिनको रमाइलोले भोलिको दिनसम्म असर [&hellip;]</p>

काठमाडौं । होली रंगहरूको पर्व हो । रंग एकआपसमा लगाउँदै, खुसीयाली साँटासाँट गरि मनाइन्छ । तर नेपालमा आवश्यक मात्रा भन्दा धेरै रंग दल्ने गरिन्छ । टाढाबाट लोला हान्ने, कपाल, आँखा, मुखमा जताततै रंग पोतिन्छ । यसरी होलिमा लगाइने रंग भने स्वास्थ्यका लागि हानिकारक हो । हामीले ध्यान नदिँदा एक, दुई दिनको रमाइलोले भोलिको दिनसम्म असर पर्ने छाला रोग विशेषज्ञहरूको भनाइ छ । छाला शरीरको महत्वपूर्ण मानिन्छ । रंगले एलर्जी हुने मात्र नभइ छालामै असर पनि गर्ने गर्छ ।

होलीका लागि अहिले बजारमा आएका रंगहरू खतरनाक रसायन मिसाइएको हुन्छ । जुन हाम्रो छालाको लागि खतरा हुन्छ । यसले छालामा एलर्जी गराउँछ । जसका कारण छाला चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने, पानी बग्ने, घाउ हुने, छालामा किटाणुको संक्रमण हुने, सेतो दुबी बढाउने हुन्छ । यतिमात्र हैन रंगमा मिसाइएको मेटल र केमिकलको प्रयोगले छालाको क्यान्सरसम्म गराउन सक्छ ।

होलीका लागि बजारमा आएका कालो, हरियो, निलो रंगमा विभिन्न प्रकारका हानिकारक तत्त्वहरु हुन्छन् । छालामा मात्र हैन रंगको असर आँखामा पनि उत्तिकै पर्छ । आँखा विशेषज्ञका अनुसार रंगमा हुने केमिकल र मेटलहरुका कारण आँखा रातो हुने, आँखाको कोर्नियामा घाउ हुने सम्भावना हुन्छ ।

‘हरियो रंग कपर सल्फेट, बैजनी रंग क्रोमियम आयोडाइड, चम्किलो रंग एल्मुनियम ब्रोमाइड, नीलो रंग पर्सियन ब्लु र रातो रंग मर्करी सल्फेटबाट बन्छ । यी रसायनहरू मानव स्वास्थ्यका लागि अति हानिकारक हुन्छ । त्यसैले होलीमा एकअर्कालाई रंग दल्दा सभ्यताका साथ लगाउनुपर्ने विशेषज्ञहरू बताउँछन् ।

रंग खेल्नु अगाडि के गर्ने ?
हेलिमा रंग खेल्न निस्कनु अघि छालामा राम्रोसँग मोस्चराइजर वा भ्यासिल्न लगाउने ।
शरीर पुरै ढाक्ने गरी कपडा लगाउने ।
कपालमा राम्रोसँग तेल लगाउने अथवा टोपी लगाउने ।
नङमा नेलपालिस लगाउने ।
आँखामा रंग पस्न नदिने, यसका लागि चस्मा लगाउने ।
शरीरका कुनै भागमा काटेको वा घाउ भएको ठाउँछ भने त्यसमा टेप लगाएर बन्द गर्ने ।
रंग खेल्ने क्रममा पटक पटक मुख धोइराख्नुपर्छ ।
होली खेलिसकेपछि रंग कसरी पखाल्ने ?
नुहाउनु अघि शरीरमा भएको सबै सफा कपडाले पुछ्नुपर्छ ।
शरीरमा भएको रंग हटाउन मनतातो पानीको प्रयोगमा सावुन लगाएर बल नलगाइ पखाल्ने ।
पानीमा कागतीको झोल,दही,बेसार मिसाएर सफा गर्ने ।
आँखा सफा गर्दा नमाडेर बिस्तारै छ्याप छ्याप गरेर पखाल्ने ।

रंगबाट टाढा कसले रहने ?
रंगहरू जति हेर्दा रंगिन र रमाइलो देखिन्छ त्यत्तिकै छाला र कतिपय बिरामीहरूका लागि खतरनाक मानिन्छ । मिर्गौलाको समस्या भएका व्यक्तिले रंगबाट टाढै रहनुपर्छ । मानसिक अशक्तता भएका, स्मरण शक्ति कम भएका, स्वासप्रस्वासमा समस्या भएका, दम रोग भएका र क्यान्सर रोगीले होलीको रंगबाट टाढा रहनु नै राम्रो हुने विश्लेषकहरू बताउँछन् ।

Share News