काठमाडौं । हेटौंडामा रहेको युनिलिभर नेपालको कारखानाले हालसालै युनिलिभर दक्षिण एसियामा पहिलो प्रकारको विद्युतीय बाँयलर सञ्चालन गरेको छ । जुन विद्युतीय हिटरबाट स्टीम उत्पादन गर्ने अनौठो प्रविधि हो ।
यो प्रविधिले साइटलाई तताउने प्रक्रियाका लागि जीवाश्म ईन्धनबाट बाहिर सार्न सक्षम बनाउँछ । कारखानामा हाल ९० प्रतिशत ऊर्जा खपत हुन्छ जुन दिगो ऊर्जाबाट प्राप्त हुन्छ, जसमा २० प्रतिशत आन्तरिक सौर्य बिजुली उत्पादन प्लान्ट र बाँकी ७० प्रतिशत ग्रिडबाट हुन्छ ।
पछिल्लो एक वर्षमा युनिलिभर नेपालको फ्याक्ट्रीले ६ करोडको लगानीमा ऊर्जा पदचिन्ह कम गर्न र कार्बन डाइअक्साइड उत्सर्जन कम गर्न धेरै नयाँ प्रविधिहरू स्थापना गरेको कम्पनीले बताएको छ । यो बाँयलर परियोजना नेटजेरो तिर एक कदम हो । साइटले निकट भविष्यमा डिजेल जेनेरेटर चलाउन बायोडिजेलमा सार्ने योजना कम्पनीको छ । यसले साइटलाई १०० प्रतिशत हरित ऊर्जाको साथ सञ्चालन गर्न सक्षम बनाउँछ ।
उक्त प्रविधि उद्घाटन समारोहमा युनिलिभर नेपालका प्रबन्ध निर्देशक तथा सीईओ अमलन मुखर्जीले भने, ‘नेपालमा हाम्रो सञ्चालनलाई नेटजिरोतर्फ लैजान प्रतिबद्ध छौं र हाम्रो अत्याधुनिक कारखानामा विद्युतीय बाँयलरको स्थापना यस्तै एउटा कदम हो जुन हाम्रो ग्लोबल युनिलिभर दिगोपन लक्ष्यहरूसँग इनलाइन रहेको यस दिगोपन कार्यको लागि प्रमाण हो ।’