काठमाडौं । नुवाकोट विदुर नगरपालिका ११ गेर्खु निवासी ५३ वर्षीय शालिकराम घिमिरे केही दिनदेखि सम्पर्क विहीन भएका छन् । उनी सम्पर्क विहीन भएपछि परीवारका सदस्यले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन् ।
घिमिरे सोमबार विहान ६ बजे काठमाडौ तारर्केश्वर नगरपालिका सानो पुल स्थित आफन्तको घरबाट चिया पिउन जाने भन्दै निस्किएका थिए ।
५ दशमलव ६ फिट उचाइका वर्ण रातो , खैरो ज्याकेट कपडाको कालो पाईन्ट ढाँका टोपि लगाएका घिमिरे मोबाइलबाट समेत सम्पर्क विहिन छन ।
बेपत्ता भएको भोलिपल्ट तनहुँको देवघाटमा सिसिटिभी फुटेजमा देखिएको र हालसम्म सम्पर्कमा नआएकाले र आफन्तकोमा समेत नगएकाले खोजीकार्यको लागि सहयोग गरिदिन परिवारले आग्रह आग्रह गरेका छन् ।
त्यस्तै, प्रहरीले पनि शालिकराम घिमिरेलाई कतै भेटे नजिकैको प्रहरी कार्यालय तथा आफन्तहरुलाई बुझाइदिन वा ९८५१०४५४१४ वा सम्पर्क गर्न आग्रह गरेको छ ।