बाँसबारीको सम्पत्ति लिलामी प्रकृयाबाट लिएका हौं : बिनोद चौधरी

<p>काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगी बिनोद चौधरी पछिल्लो समयमा विवादित बनेको बाँसबारी छालाजुत्ताको जग्गा लिलामी प्रकृयाबाट लिएका लिएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभामा बोल्दै सो सम्पत्तिमा आफूलाई अनावश्यक विवादमा ताकेको टिप्पणी समेत गरेका छन् । ‘बाँसबारी छालाजुत्ता कारखाना लि. सँगै च्याम्पियन, फुटवेयर लि. मा कारखानाको नाममा रहेको २५ प्रतिशत शेयर समेत लिलामी मार्फत [&hellip;]</p>

फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगी बिनोद चौधरी पछिल्लो समयमा विवादित बनेको बाँसबारी छालाजुत्ताको जग्गा लिलामी प्रकृयाबाट लिएका लिएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभामा बोल्दै सो सम्पत्तिमा आफूलाई अनावश्यक विवादमा ताकेको टिप्पणी समेत गरेका छन् ।

‘बाँसबारी छालाजुत्ता कारखाना लि. सँगै च्याम्पियन, फुटवेयर लि. मा कारखानाको नाममा रहेको २५ प्रतिशत शेयर समेत लिलामी मार्फत विक्री गर्ने तत्कालीन सरकारको निर्णयानुसार लिलामीको दोस्रो सूचनामा उत्कृष्ट प्रस्ताव पेश गर्ने प्रचलित निजीकरण सम्बन्धी कानून बमोजिम हस्तान्तरण गर्ने निर्णय राज्यबाट भएको हो’, यो सम्पत्तीसँग मेरो सरोकार नभएको कुरा पनि म यहाँ राख्न चाहान्छु’, चौधरीले भने ।

सरकार आफैले चलाईरहेका उद्योगहरूको संचालनमा व्यहोर्नु परेको आर्थिक भारलाई क्रमशः घटाउँदै लैजाने उद्देश्यले प्रथम चरणमा बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज कारखाना र हरिसिद्धि इटाटायल कारखाना गरी तीनवटा सरकारी उद्योगको निजीकरण गर्ने निर्णय सरकारले गरेको उनले बताए ।

चौधरीले आफू नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउने अभियानमा रहेको भन्दै नितान्त आर्थिक विषयलाई राजनीतिकरण गर्न खोजिएकोमा दुःख लागेको समेत बताएका छन् ।

‘म विगत ४५ बर्षदेखि नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउने अभियानमा सक्रियतापूर्वक क्रियाशिल छु, नेपाललाई आर्थिक रूपमा सम्पन्न बनाई विश्वमा नेपालको गौरव बढाउन सकिन्छ भन्नेमा गहिरो विश्वासले गर्दा मलाई यो बाटोमा डोर्याइरहेको छ, म आफ्नो उद्यम व्यवसायका माध्यमद्वारा होस् वा निजी क्षेत्रका नेतृत्वदायी सस्था नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको अध्यक्षका रुपमा वा राजनीतिका माध्यमद्वारा, मेरो एकमात्र उदेश्य नेपाललाई आर्थिक रुपमा सम्पन्न मुलुकका रुपमा स्थापित गर्नु हो’, उनले भने, ‘मैले मेरो जीवनकाल विकास केन्द्रित अभियानमा विताएको छुँ । यस्तो नितान्त आर्थिक बिषय राजनीतिक बिषय बन्नु आफैमा दुःख लाग्लो बिषय भएको मैले अनुभव गरेको छु ।’

Share News