सरकारी वकिल कार्यालय लगियो महरालाई

<p>काठमाडौं । पूर्व सभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिल कार्यालय लगिएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । म्याद थपका लागि अनुमति लिन अदालत लैजानुअघि उनलाई सरकारी वकिलको कार्यालय, रामशाहपथ पुर्&#x200d;याइएको हो । सोमबार भेपमार्फत गरिएको करिव ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा प्रहरीले [&hellip;]</p>

काठमाडौं । पूर्व सभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिल कार्यालय लगिएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।

म्याद थपका लागि अनुमति लिन अदालत लैजानुअघि उनलाई सरकारी वकिलको कार्यालय, रामशाहपथ पुर्‍याइएको हो ।

सोमबार भेपमार्फत गरिएको करिव ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा प्रहरीले महरालाई कपिलवस्तुबाट पक्राउ गरेको थियो ।

यसअघि पनि सोही प्रकरणमा महराले सीआईबीमा उपस्थित भएर बयान दिएका थिए । उनका छोरा राहुल महरा पूर्पक्षका लागि थुनामा रहेका छन् ।

Share News