
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद्को पुर्नगठन गरेका छन् । पुरानो गठबन्धनमा रहेका माओवादी मन्त्रीहरुलाई हटाइएपछि मुख्यमन्त्री पाण्डेले पहिलोपटक मन्त्रिपरिषदको पुर्नगठन गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद दीपक मनाङ्गेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालाय र महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।