मनकामना केबलकार चैत्र ७ गते बन्द रहने

<p>काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ । यहि चैत्र ७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने [&hellip;]</p>

काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ ।

यहि चैत्र ७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालनमा रहने छ ।

केबलकारको नियमित सेवा चैत्र ०८ गते बिहिबार देखि पुनःसञ्चालनमा आउने छ ।

Share News