समयमै सहकारीको ऋण नतिरे असुली प्रक्रिया अगाडि बढाउने काठमाडौं महानगरको चेतावनी

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले ऋणीहरूलाई सहकारी संस्थाहरूबाट लिएको ऋण समयमै तिर्न आग्रह गरेको छ । सोमबार महानगरको सहकारी विभागले सूचना जारी गर्दै केही ऋणीहरूले समयमा सावाँ तथा ब्याज भुक्तानी गर्न विभिन्न बहानाबाजी गरेको र केहीले सहकारीको ऋण तिर्न नपर्नेजस्ता भ्रम फैलाएको गुनासो आएकाे भन्दै उनीहरूलाई समयमै ऋण तिर्न आग्रह गरेको हो । ऋणीले समयमै ऋण [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऋणीहरूलाई सहकारी संस्थाहरूबाट लिएको ऋण समयमै तिर्न आग्रह गरेको छ ।

सोमबार महानगरको सहकारी विभागले सूचना जारी गर्दै केही ऋणीहरूले समयमा सावाँ तथा ब्याज भुक्तानी गर्न विभिन्न बहानाबाजी गरेको र केहीले सहकारीको ऋण तिर्न नपर्नेजस्ता भ्रम फैलाएको गुनासो आएकाे भन्दै उनीहरूलाई समयमै ऋण तिर्न आग्रह गरेको हो ।

ऋणीले समयमै ऋण नतिरे ऋण असुली प्रक्रिया अगाडि बढाइने पनि महानगरले चेतावनी दिएको छ ।

महानगरका अनुसार केही सहकारी संस्थाहरूमा तरलताको समस्याले गर्दा सदस्यहरूको वचत फिर्ता गर्न पनि नसकेको अवस्था छ ।

ऋणी सदस्यहरूले समयमा नै ऋण भुक्तानी नगरेमा संघीय सहकारी ऐन २०७४ को दफा ८३२८४ बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ एवं काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६१ र ६२ मा ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था गरेको पनि महानगरको सूचनामा उल्लेख गरिएको छ ।

‘प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा प्रचलित कानुनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गरी समस्या समाधानमा सहयोग गरिदिनुहुन सम्पूर्ण ऋणी सदस्यहरूमा अनुरोध छ । अन्यथा कानुनबमोजिम ऋण असुली प्रक्रिया अगाडि बढाइने ब्यहोरासमेत जानकारी गराइन्छ,’ सूचनामा छ ।

Share News