विभागीय प्रमुखहरूलाई बालेनले भने : काम गर्दा कसैसँग नडराउनु

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विभागीय प्रमुखहरूलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न प्रोत्साहन गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धी, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अबलम्बन गरिएका उपायका विषयमा छलफल गर्दै उनले नियत सफा राखेर काम गर्दा कसैसँग डराउनु नपर्ने [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विभागीय प्रमुखहरूलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न प्रोत्साहन गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धी, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अबलम्बन गरिएका उपायका विषयमा छलफल गर्दै उनले नियत सफा राखेर काम गर्दा कसैसँग डराउनु नपर्ने बताएका हुन् ।

‘गलत गर्नु हुँदैन । गल्ती गर्नेलाई कारवाही हुनु, राम्रो गर्नेलाई प्रोत्साहन हो ।’ प्रमुख शाहले भने, ‘गएको वर्षको तुलनामा यस वर्ष गुनासा कम छन् । सुधारका संकेतहरु देखिएका छन् । खर्च कम भयो भनेर नआत्तिनु, भौतिक प्रगति कति भएको छ, हेर्नु । काम भइसकेपछि भुक्तानी नरोक्नु ।’

उनले वर्षौंसम्म काम गरिरहेका कर्मचारीहरुको अनुभव र क्षमताको प्रयोगबाट धेरै प्रगति हासिल गर्न सकिने उल्लेख गर्दै भने, ‘धेरै कार्यक्रमहरुमध्ये कुन कामलाई प्राथमिकता दिने भन्ने अन्योल नहोस् भनेर हामीले महानगर गौरव र स्वर्णीय योजना कार्यान्वयनमा ल्याएका हौं । यी कार्यक्रमको कार्यान्वयन विभागीय प्रमुखहरुको हो । यसलाई प्राथमिकता राख्नुहोला ।’

लक्ष्य प्राप्त गर्न कर्मचारीको सक्रियता आवश्यक रहेको बताउँदै प्रमुख शाहले, भ्रमण, गोष्ठी र कार्यशाला घटाउन र वार्षिक लक्ष्य पूरा गराउन सक्रिय हुन निर्देशन दिए ।

Share News