सरकारले सीआईबीकी प्रमुख बज्राचार्यको जिम्मेवारी खोस्यो, ज्ञवालीले पाए अवसर

<p>काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाइएको छ । मन्त्रिपरिषद बैठकले उनलाई जिम्मेवारी मुक्त गर्दै श्याम ज्ञवालीलाई सीआईबीको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ । सुन तस्करी प्रकरणमा भीआईपीलाई बचाउनका लागि अनुसन्धान फितलो गरेको भन्दै सरकारले उनको जिम्मेवारी खोसेको हो । ज्ञवाली प्रहरी प्रधान कार्यालयको कार्यविभागमा कार्यरत थिए ।  [&hellip;]</p>

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाइएको छ । मन्त्रिपरिषद बैठकले उनलाई जिम्मेवारी मुक्त गर्दै श्याम ज्ञवालीलाई सीआईबीको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ ।

सुन तस्करी प्रकरणमा भीआईपीलाई बचाउनका लागि अनुसन्धान फितलो गरेको भन्दै सरकारले उनको जिम्मेवारी खोसेको हो ।

ज्ञवाली प्रहरी प्रधान कार्यालयको कार्यविभागमा कार्यरत थिए ।  सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बज्राचार्यको प्रहरी प्रधान कार्यालयको कार्यालय कार्य विभागमा सरुवा गरिएको जानकारी दिइन् ।

Share News