
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्षको ८ महिनामा ८४२ वटा फर्मलाई कारबाही गरेको छ । विभागले अनुगमनको क्रममा बिल बिजक नराख्ने देखि रिलेबलिङ गर्ने लगायतका गैरकानुनी काम गर्ने फर्महरुलाई कारबाही गरेको हो ।
विभागले ८ महिनाको अवधिमा ३३०९ वटा फर्महरुमाथि अनुगमन गरेको सो क्रममा ८४२ वटा फर्मलाई कानून विपरित कार्य गरेको कारण जरिवाना तिराइएको जनाएको छ । त्यस्तै, विभागले अनुगमनको क्रममा ८४४ वटा फर्मको थप अनुसन्धानको लागि कागजात मगाएको जनाएको छ ।