गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेपाली कांग्रेसद्वारा संसद अवरोध

<p>काठमाडौं । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नेपाली कांग्रेसले संसदको बैठकलाई अवरोध गरेको छ । गृहमन्त्री रवि लामिछाने पनि अनुसन्धानको घेरामा भएको र उनले राजीनामा दिनुपर्ने माग गर्दै नेपाली कांग्रेसले संसदको नियमित बैठकलाई अवरोध गरेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदमा बजेटको सिद्धान्त तथा प्राथमिकताको विषयमाथि छलफल हुन सक्ने तर, गृहमन्त्रीले [&hellip;]</p>

फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नेपाली कांग्रेसले संसदको बैठकलाई अवरोध गरेको छ । गृहमन्त्री रवि लामिछाने पनि अनुसन्धानको घेरामा भएको र उनले राजीनामा दिनुपर्ने माग गर्दै नेपाली कांग्रेसले संसदको नियमित बैठकलाई अवरोध गरेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदमा बजेटको सिद्धान्त तथा प्राथमिकताको विषयमाथि छलफल हुन सक्ने तर, गृहमन्त्रीले कार्यसूचीअनुसार प्रतिनिधिसभामा प्रस्तुत गर्न खोजेको राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्न नदिने बताएका छन् ।

संसदको बैठक नियमित रुपमा सञ्चालन हुन नसकेपछि सभामुखले केहीबेरलाई बैठक स्थगित गरेका छन् ।

Share News