काठमाडौं । सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद् बठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले साँझ पाँच बजेका लागि बैठक बोलाएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल हुनेछ ।
आयोगले सात सुन तस्करी प्रकरणमा अनुसन्धान फितलो भएको निष्कर्श निकालेको छ । यसमा विभिन्न व्यक्तिको संलग्नता रहेको र अनुसन्धान अधिकृतले भीआईपीलाई बचाउनका लागि फितलो अनुसन्धान गरेको उल्लेख गरेको छ ।