स्वीकृतिबिना सडक सीमाभित्र राखिएको होर्डिङ बोर्ड हटाउन काठमाडौं महानगरलाई निर्देशन

<p>काठमाडौं । काठमाडौं चक्रपथ सुधार योजनाले सडकमा राखेको होर्डिङ बोर्ड हटाउन काठमाडौं महानगरलाई निर्देशन दिएको छ। स्वीकृतिबिना सडक सीमाभित्र राखिएको होर्डिङ बोर्ड तीन दिनभित्र हटाउन बिहीबार सूचना प्रकाशन गरेर योजनाले निर्देशन दिएको हो । ‘सुरु मिति २०१२ डिसेम्बर १८ र सक्नुपर्ने मिति २०१५ अप्रिल उल्लेख गरी सडक विभागको पूर्व स्वीकृतिबिना नै सडक सीमाभित्र यो काठमाण्डौ [&hellip;]</p>

काठमाडौं । काठमाडौं चक्रपथ सुधार योजनाले सडकमा राखेको होर्डिङ बोर्ड हटाउन काठमाडौं महानगरलाई निर्देशन दिएको छ।

स्वीकृतिबिना सडक सीमाभित्र राखिएको होर्डिङ बोर्ड तीन दिनभित्र हटाउन बिहीबार सूचना प्रकाशन गरेर योजनाले निर्देशन दिएको हो ।

‘सुरु मिति २०१२ डिसेम्बर १८ र सक्नुपर्ने मिति २०१५ अप्रिल उल्लेख गरी सडक विभागको पूर्व स्वीकृतिबिना नै सडक सीमाभित्र यो काठमाण्डौ महानगरपालिका मातहत पर्दैन उल्लेख गरि होडिङ बोर्ड राखेको भेटिएको हुँदा उक्त कार्य सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को वर्खिलाप देखिएकोले यो सूचना प्रकाशित भएको मितिले ३ दिन भित्र होडिङ्ग बोर्ड राख्ने पक्षले नै हटाइदिनु हुन सूचित गरिएको छ,’ सूचनामा उल्लेख छ ।

तीन दिनअघि काठमाडौं महानगरप्रमुख बालेन शाहले सडकमा राखिएको उक्त होर्डिङ बोर्डको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए ।

Share News