फागुनमा झिनो अंकले बढ्यो घरजग्गा कारोबार

<p>काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनाको तुलनामा फागुन महिनामा झिनो अंकले घरजग्गा कारोबारमा वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार माघ महिनाको तुलनामा फागुन महिनामा घरजग्गाको कारोबारमा झिनो अंकले वृद्धि भएको देखिएको हो । विभागको तथ्यांकअनुसार फागुन महिनामा ५० हजार ९९८ वटा लिखत पारित भएका छन् । जुन [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनाको तुलनामा फागुन महिनामा झिनो अंकले घरजग्गा कारोबारमा वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार माघ महिनाको तुलनामा फागुन महिनामा घरजग्गाको कारोबारमा झिनो अंकले वृद्धि भएको देखिएको हो ।

विभागको तथ्यांकअनुसार फागुन महिनामा ५० हजार ९९८ वटा लिखत पारित भएका छन् । जुन अघिल्लो महिनामा भने ५० हजार ९२१ वटा संख्यामा मात्रै भएको थियो । माघ महिनामा ५ हजार ४८० वटा नामसारी भएकोमा फागुन महिनामा ५ हजार ६९९ वटा नामसारी भएको विभागको तथ्यांकले देखाएको छ ।

माघ महिनामा २५ वटा अपार्टमेन्टको लिखत पारित भएकोमा फागुन महिनामा थोरै मात्रै अंकले सुधार भएर २९ वटा अपार्टमेन्टको लिखत पारित भएको छ ।

फागुन महिनाको घरजग्गा कारोबारमार्फत सरकारले १ अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको छ । माघ महिनामा सरकारले यस्तो आम्दानी १ अर्ब १९ करोड ९६ लाख ७३ हजार ३ सय ८३ रुपैयाँ आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको साउन महिनामा लिखत पारित ३९ हजार दुई सय ६३ र नामसारी तीन हजार एक सय ५९, भदौ महिनामा लिखत पारित ३५ हजार छ सय ८६ र नामसारी दुई हजार आठ सय ४३ वटा भएको थियो भने असोज महिनामा ३९ हजार आठ सय ८१ लिखत पारित र तीन हजार दुई सय ३७ वटा नामसारी भएको थियो ।

त्यस्तै, कात्तिक महिनामा २६ हजार र मंसिर महिनामा ४१ हजार ८ सय ५१ र पुस महिनामा ४५ हजार २७७ संख्यामा घरजग्गाको लिखत पारित भएको थियो ।

कोरोना महामारीपछि लामो समयसम्म मन्दी छाएको घरजग्गाको कारोबार चालु आर्थिक वर्षसँगै निरन्तर सुधारोन्मुख हुँदै गएको कारोबार तथ्यांकले देखाएको छ ।

Share News