
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री नेपाली कांग्रेसको विश्वासघातको आधारमा भएको बताएका छन् । उनले संसदमा सम्बोधन गर्दै आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुरलाई दुई पटक प्रधानमन्त्री बनाएको र आफू एक पटक मात्रै प्रधानमन्त्री भएको समेत बताएका छन् ।
उनले आफ्नो विकास र समृद्धिको लागि सरकार पुर्नगठन आवश्यक भएर गरिएको समेत बताएका छन् । ‘सरकार पुर्नगठन गर्नैपर्ने अवस्थाको मैले महसुस गरेँ । हामीले विकास र समृद्धि जुन संकल्पका साथ अगाडि बढाउन खोजेका थियौं त्यो यो बाट सम्भव छैन भन्दै आएको थिएँ, तर त्यो गठबन्धनबाट सम्भव भएन । नेपाली कांग्रेसका केही साथीहरुले निजी ढंगले आक्षेप पनि लगाउनुभयो’, उनले भने, ‘निजी आरोप र प्रत्यारोपका लागि आज यो उपयुक्त ठाउँ पनि होइन । तर, संसदको रेकर्डमा रहेका विषयको प्रतिवाद नगर्दा इतिहासमा राम्रो जान्न की भनेर केही भन्ने कोशिश गर्छु ।’
उनले आफूले नेपाली कांग्रेसभित्रका विचार समूहले प्रतिवाद गरिरहेको मैले महसुस गरेको र आजित भएको बताए । ‘पछिल्लो समयमा कांग्रेस भित्रका विचारसमूहले गरेको विरोधले म आजित भएको थिएँ, र अहिले नेपाली कांग्रेसभित्र देखिएको युद्धविरामले म खुसी भएको छु । त्यसले देशको लोकतन्त्र सुदृढ बनाउन जोडबल नै पुग्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।