राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते, सोमबार मनोनयन दर्ता

<p>काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि फागुन २९ गते चुनाव हुने भएको छ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले फागुन २९ गते मंगलबार चुनाव तोकिएको आइतबारको राष्ट्रियसभा बैठकमा सुनाएकी छन् । राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने निर्वाचनको सूचना प्रकाशन गर्न उपाध्यक्ष अर्यालले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई निर्देशन दिएकी छन्। यसअघि नेपाली कांग्रेस [&hellip;]</p>


काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि फागुन २९ गते चुनाव हुने भएको छ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले फागुन २९ गते मंगलबार चुनाव तोकिएको आइतबारको राष्ट्रियसभा बैठकमा सुनाएकी छन् ।

राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने निर्वाचनको सूचना प्रकाशन गर्न उपाध्यक्ष अर्यालले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई निर्देशन दिएकी छन्।

यसअघि नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दल नेता कृष्णप्रसाद सिटौलाले केही दिन चुनाव सार्न आग्रह गरेका थिए ।

आइतबारको सर्वदलीय बैठकमा कांग्रेसले राष्ट्रियसभा अध्यक्षको चुनाव सार्न आग्रह गरेकाे थियाे । तर,  कांग्रेसकाे कांग्रेसको आग्रह अस्वीकृत गर्दै  फागुन २९ गतेलाई नै चुनाव मिति तोकिएको हो ।

राष्ट्रिय सभामा १७ सांसदसहित नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल छ ।

कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक९एक सांसद छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक रिक्त छ ।

सोमबार उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

Share News