विक्रम पाण्डेलाई ‘भ्रष्टाचारी’ भनेपछि पूर्वएआईजी ठाकुर मोहनमाथि कुटपिट

<p>काठमाडौं । राप्रपाका नेता विक्रम पाण्डेका समर्थकले पूर्वएआईजी तथा राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठ माथि हातपात गरेका छन् । नेता पाण्डेलाई भ्रष्टाचारी भनेपछि श्रेष्ठमाथि पाण्डेका समर्थकहरूले कुटपिट गरेका हुन् । पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा श्रेष्ठमाथि आक्रमण भएको हो । आइतबार बिहान कार्यसम्पादन समितिको बैठक चलिरहेको बेला सशस्त्रका पूर्वएआईजी श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारी [&hellip;]</p>

काठमाडौं । राप्रपाका नेता विक्रम पाण्डेका समर्थकले पूर्वएआईजी तथा राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठ माथि हातपात गरेका छन् ।

नेता पाण्डेलाई भ्रष्टाचारी भनेपछि श्रेष्ठमाथि पाण्डेका समर्थकहरूले कुटपिट गरेका हुन् । पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा श्रेष्ठमाथि आक्रमण भएको हो ।

आइतबार बिहान कार्यसम्पादन समितिको बैठक चलिरहेको बेला सशस्त्रका पूर्वएआईजी श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारी भनेका थिए । त्यसपछि बैठक तनावपूर्ण बनेको थियो ।

लगत्तै पाण्डे बाहिर निस्केर आफ्ना समर्थकहरूलाई बैठकमा भएको घटनाबारे बताएका थिए । केही समयपछि श्रेष्ठ पनि बाहिरिने क्रममा पाण्डेका कार्यकर्ताले उनलाई कुटपिट गरेका हुन् । कुटपिट भएकाे भिडियाेसमेत बाहिरिएकाे छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठले राखेको धारणाका कारण आक्रमण भएको नेताहरूले जनाएका छन् । उनले पाण्डेलाई लक्षित गरी धारणा राखेकाे नेताहरूकाे भनाइ छ ।

श्रेष्ठमाथि आक्रमण भए पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आक्रमण गर्नेको पहिचान गर्न निर्देशन समेत दिएका छन् ।

पाण्डे पूर्वमन्त्रीसमेत हुन् । उनी सहरी विकास मन्त्री थिए ।

Share News