कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने, पूँजी ७ अर्ब रुपैयाँ नाघ्ने

<p>काठमाडौं, १४ पुस । कृषि विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई २१ दशमलब ०५३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २० प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब ०५३ प्रतिशत नगद गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बिहीबार बिहान बसेको बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको छ । [&hellip;]</p>

adblकाठमाडौं, १४ पुस । कृषि विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई २१ दशमलब ०५३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २० प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब ०५३ प्रतिशत नगद गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय बिहीबार बिहान बसेको बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ । बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीेले सो मात्रामा लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ९० करोड ६४ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पश्चात बैंकको पूँजी ७ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ ।

Share News