सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो ‘पिंक डेबिट कार्ड’

<p>काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले &#8216;सिद्धार्थ नारी बचत खाता&#8217;का ग्राहकहरूका लागि &#8216;पिंक डेबिट कार्ड&#8217; सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पुऱ्याउने उद्देश्यले &#8216;पिंक डेबिट कार्ड&#8217; सञ्चालनमा हो । महिला वर्गलाई लक्षित यस कार्डमार्फत गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ । [&hellip;]</p>

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ नारी बचत खाता’का ग्राहकहरूका लागि ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।

बैंकले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पुऱ्याउने उद्देश्यले ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा हो । महिला वर्गलाई लक्षित यस कार्डमार्फत गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ ।

यो नवीनतम् योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लागि अहम् भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

कार्डबारे विस्तृत जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालय, वेबसाइट, ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरलगायतमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

Share News