अर्थमन्त्रीले बैंकरसँग भने : ऋण तिर्दिनँ भन्न मिल्दैन, सहकार्य गरेर समस्याको समाधान गरौं

<p>काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सबैले सहकार्य गरेर वर्तमान समस्या समाधान गर्नु पर्ने बताएका छन् । बिहीबार अर्थमन्त्री र नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुको भेटघाटमा उनले यस्तो कुरा बताएका हुन् । अर्थमन्त्री पुनले बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नु पर्ने बताए [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सबैले सहकार्य गरेर वर्तमान समस्या समाधान गर्नु पर्ने बताएका छन् । बिहीबार अर्थमन्त्री र नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुको भेटघाटमा उनले यस्तो कुरा बताएका हुन् ।

अर्थमन्त्री पुनले बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नु पर्ने बताए । उनले आर्थिक विकासको लागि बैंकिङ्ग क्षेत्रको अहम भूमिका रहने धारणा राखे ।साथै, उनले बैठकमा ऋण लिएर तिर्दिन भन्न नमिल्ने पनि बताएका छन् ।

सो अवसरमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पुर्याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समय अर्थतन्त्रमा देखा परेका चुनौतीहरुका विषयमा जानकारी गराएका थिए ।

संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, राज्यपक्षबाट भएका धरपकडको घटना लगायतको विषयमा अवगत गराउँदै आगामी दिनहरुमा अर्थतन्त्र उकास्न, मुलुकको आर्थिक बृद्धिमा सहयोग गर्न लगातय वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न बैंकिङ्ग क्षेत्र सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

Share News