मुद्दा चलिरहेको व्यक्तिलाई गृहमन्त्री बनाएकोमा आपत्ति

<p>काठमाडौं । राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको उपप्रधान एवं गृहमन्त्री बनाउने कुरा अस्वभाविक भएको बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आपत्ति प्रकट गरेको हुन् । उनले मन्त्रीमण्डल बिस्तार गर्ने क्रममा अदालतमा मुद्दा चलिरहेको व्यक्तिको मुद्दाको किनारा नलागेका व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने कुरा आश्चर्यजनक रहेको [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको उपप्रधान एवं गृहमन्त्री बनाउने कुरा अस्वभाविक भएको बताएका छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आपत्ति प्रकट गरेको हुन् । उनले मन्त्रीमण्डल बिस्तार गर्ने क्रममा अदालतमा मुद्दा चलिरहेको व्यक्तिको मुद्दाको किनारा नलागेका व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने कुरा आश्चर्यजनक रहेको बताए । उनले ‘प्रधानमन्त्रीले कसको दबाबमा सत्ता समीकरण परिवर्तन गर्नुभएको हो ?’ भन्दै प्रश्न गरे ।

‘भर्खरै नयाँ समीकरणबाट नयाँ सरकार बनेको छ । यो नयाँ सरकारले जनताका जल्दाबल्दा समस्याहरु समाधान गर्नको लागि भुमिका खेलोस् । तर बनेको यो गठबन्धन सरकारको बारेमा अलिकति फरक विचार छ । हिजो जुन गठबन्धन बनेर देशको नेतृत्व हाँकेको थियो । मन्त्रीमण्डल बिस्तार गर्ने क्रममा जुन व्यक्तिको उपर अदालतमा मुद्दा चलिरहेको छ । त्यो मुद्दाको किनारा लागेको छैन, नागरिकता, दोहोरो पासपोर्टका सवालहरु छन् । सहकारीमा घोटाला भएका मुद्दाहरु जीवितै छ । स्वयं उही व्यक्तिलाई गृहमन्त्रालय सुम्पिने काम भएको त्यो स्वभाविक रुपमा स्वीकार्न सकिने कुरा होइन । यसमा हाम्रो पार्टीको आपत्ति छ’, उनले भने ।

उनले नयाँ सरकारले जनताका जल्दाबल्दा समस्याहरु समाधान गर्नको लागि भुमिका खेल्न सुझाव दिए ।

Share News