काठमाडौं । नवनियुक्त गृह मन्त्री रवि लामिछानेले सरकारी जग्गा हडपेकालाई निर्ममरूपमा कारवाही गर्ने निर्णय गरेका छन् ।
बुधबार राति मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले सरकारी जग्गालाई सरकारको नाममा ल्याएर जग्गा हडप्नेलाई तत्काल कारवाही गर्ने निर्णय गरेका हुन् ।
‘सरकारी जग्गा हडप्नेलाई तत्काल कारवाही गरेर सरकारी जग्गा सरकारको नाममा ल्याउने मेरो पहिलो निर्णय हो, जनतामा धेरै अपेक्षा छ, तत्काल डेलिभरी गर्नुपर्ने अवस्था छ,’ उनले भने ।