बालुवाटारबाट १३ जना मिटरब्याज पीडित पक्राउ

<p>काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितहरुलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको छ । उनीहरुलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो । मिटरब्याजी विरुद्ध आन्दोलनमा रहेका किसान मजदुरहरु प्रदर्शनका लागि बालुवाटार पुगेका थिए । सो क्रममा १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । बालुवाटारबाट ९ जना पुरुष र ४ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर [&hellip;]</p>

काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितहरुलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको छ । उनीहरुलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो ।

मिटरब्याजी विरुद्ध आन्दोलनमा रहेका किसान मजदुरहरु प्रदर्शनका लागि बालुवाटार पुगेका थिए । सो क्रममा १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बालुवाटारबाट ९ जना पुरुष र ४ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ । संघर्ष समितिका प्रवक्ताका अनुसार, प्रहरीले पीडितलाई भृकुटीमण्डपबाट बुधबार निस्किन समेत रोक लगाएको थियो ।

 

Share News