काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वर्षौंपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घरमा पुगेका छन् । नेपाल कम्युनिट पार्टी विभाजन भएपछि राम्रोसँग बोलचाल समेत नगरेका ओली करिब तीन वर्षपछि नेपालको घरमा पुगेका हुन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाललाई एमाले अध्यक्ष ओली सँगै कोटेश्वर आउने जानकारी गराएका थिए ।
त्यसको केहीबेरमा प्रचण्ड र ओलीले माधव नेपाल निवासमा पुगेका हुन् । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पाेखरेल पनि माधव नेपालको निवासमा पुगेका छन् ।
ओलीले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । सत्तामा सहभागी हुने विषयमा हालसम्म एकीकृत समाजवादीले कुनै निर्णय गरिसकेको छैन ।