कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन, प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने

<p>काठमाडाैं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हाे । प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् । अब प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ले विश्वासको मत [&hellip;]</p>

काठमाडाैं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हाे ।

प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् ।

अब प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनु पर्ने भएको छ । सरकारबाट कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रधानन्त्रीले प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेस गर्नु पर्ने व्यवस्था छ ।

Share News