६ देशका सेफ नेपालमा, होटेल म्यानेजमेन्ट कलेजहरूको नेटवर्किङमा टेवा

<p>काठमाडौं । विश्वका विभिन्न ६ वटा देशका होटेल म्यानेजमेन्ट कलेजहरूको नेटवर्किङ कार्यक्रम नेपालमा सुरु भएको छ । काठमाडौंको ज्ञानेश्वरमा रहेको इन्टरनेश्नल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आईएसटी) कलेजमा कार्यक्रम सुरु भएको हो । प्रत्येक देशका मौलिक खानालाई जगेर्ना र पुनरुत्थान गरी कसरी अरू देशलाई सिकाउने भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको (आईएसटी) कलेजका संस्थापक अध्यक्ष [&hellip;]</p>

काठमाडौं । विश्वका विभिन्न ६ वटा देशका होटेल म्यानेजमेन्ट कलेजहरूको नेटवर्किङ कार्यक्रम नेपालमा सुरु भएको छ । काठमाडौंको ज्ञानेश्वरमा रहेको इन्टरनेश्नल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आईएसटी) कलेजमा कार्यक्रम सुरु भएको हो ।

प्रत्येक देशका मौलिक खानालाई जगेर्ना र पुनरुत्थान गरी कसरी अरू देशलाई सिकाउने भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको (आईएसटी) कलेजका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र बज्राचार्यले बताए ।

‘होटेल म्यानेजमेन्टका विभिन्न विधाहरूमा प्रत्येक वर्ष नयाँ–नयाँ विषयको विकास भइरहेको हुन्छ,’ उनी भन्छन्, ‘एकले अर्काको देशको मौलिक खाना के हो, त्यो कसरी बनाउने भन्ने थाहा हुन्छ, यसो हुँदा ती देशका विद्यार्थीले पनि यो बारे थाहा पाउँछन्, जुन राम्रो कुरा हो ।’

अस्ट्रियाको अस्ट्रियन डेवलपमेन्ट एजेन्सी र आईटीएच को साझेदारीमा सुरू भएको कार्यक्रममा घाना, युगाण्डा, भुटान, श्रीलंका, अस्ट्रिया, इन्डोनेसिया र नेपालका होटेल म्यानजमेन्टका सेफहरू सहभागी छन् ।

होटेल म्यानेजमेन्ट पढाइ हुने नेपाल लगायत सात वटा देशको नेटवर्किङ । यो नेटवर्कले प्रत्येक वर्ष फरक–फरक देशमा कार्यक्रम गर्ने गर्छ । यसको पहिलो कार्यक्रम अस्ट्रियामा भएको थियो । अहिले दोस्रो कार्यक्रम नेपालमा भइरहेको छ । एक सातासम्म सञ्चालन हुने यो कार्यक्रममा आ–आफ्नो कलेजको पढाइ, सिकाइका विषयमा पनि छलफल गरिने बताइएको छ ।

अब तेस्रो नेटवर्किङ कार्यक्रम इन्डोनेसियाको बालीमा आययोजना गर्ने तयारी छ ।

Share News