स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेका पाँच स्वास्थ्यकर्मीहरू सम्मानित

<p>काठमाडौं । सरकारले देशभर उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई पुरस्कृत गरेको छ । स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयमा गरिएको कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । यो वर्ष देशभर सबैभन्दा उत्कृष्ट काम गरेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय दार्चुलामा कार्यरत अनमी बबिता बिस्टलाई सम्मानित गरेको छ । उनलाई एक लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै, [&hellip;]</p>

काठमाडौं । सरकारले देशभर उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई पुरस्कृत गरेको छ । स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयमा गरिएको कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

यो वर्ष देशभर सबैभन्दा उत्कृष्ट काम गरेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय दार्चुलामा कार्यरत अनमी बबिता बिस्टलाई सम्मानित गरेको छ । उनलाई एक लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै, कालिकोटका सिनियर अहेव दीर्घबहादुर नेपाली, बाराका सिअनमी किरण कुमारी, सुर्खेत अस्पतालका डा. केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक सुष्मा थपलियाले स्वास्थ्य सेवा पुरस्कार पाएका छन् ।

उनीहरूलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Share News