
काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई जेल बाहिर बसेर पुनरावेदनको मुद्दा लड्न अनुमति दिएको छ । अदालतले बिहीबार बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएको हो ।
बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेको थियो । त्यसविरुद्ध बिहीबार सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।