हुलाकी राजमार्ग सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री ज्वाला

<p>काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्ग सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको स्थलगत अनुगमन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् । उनले चालु आर्थिक वर्षमा पनि हुलाकी राजमार्गलाई प्राथमिकता दिएर सरकारले पर्याप्त बजेट विनियोजन गरेको दाबी गरे । उनले नेपालगञ्जदेखि [&hellip;]</p>

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्ग सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको स्थलगत अनुगमन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् ।

उनले चालु आर्थिक वर्षमा पनि हुलाकी राजमार्गलाई प्राथमिकता दिएर सरकारले पर्याप्त बजेट विनियोजन गरेको दाबी गरे । उनले नेपालगञ्जदेखि गुलरियासम्मको सडक खण्डको अनुगमनका क्रममा सन्तुष्टि गर्ने ठाउँ रहेको बताए ।

मन्त्री ज्वालाले सडक खण्डको निर्माण तीव्ररूपमा अघि बढेको पनि बताए । उनले तीन वर्षको लागि २ अर्ब ७८ करोड सम्झौता भएकोमा एक वर्षमै करिव ५० प्रतिशत काम सम्पन्न भइसकेकाले आगामी एक वर्षभित्रमा सम्पूर्ण निर्माणको काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।

उनले स्थानीयहरूको गुनासो बजेट अभाव भयो भन्ने रहेको भन्दै सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

‘हुलाकी राजमार्ग नेपाल सरकारको उच्च प्राथमिकतामा छ, हामीले चालु आर्थिक वर्षमा पनि हुलाकी राजमार्गलाई प्राथमिकता दिएर बजेट पनि पर्याप्त नै विनियोजन गरेका छौं,’ उनले भने, ‘अहिले यो सडकको खासगरी नेपालगञ्जदेखि गुलरियासम्मको यो खण्डको अनुगमन गर्दा सन्तुष्टि गर्ने ठाउँ छ, यो साइटको रुख कटान, बिजुलीका तार हटाउने, पोल हटाउने लगायतका कुराहरूमा समस्या समाधान भएका छन् । कामको गति पनि तीव्ररूपमा अघि बढेको छ। बजेटको अभाव भयो भन्ने गुनासो छ। बजेटको पूर्ति गर्नका लागि हामी पहल गर्नेछौं। अबको एक वर्ष भित्रमा यो पूरा हुने स्थिति देखिन्छ ।’

मन्त्री ज्वालाले नेपालगञ्ज–गुलरिया खण्डमा निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन बाँकी रहेको भन्दै अर्थ मन्त्रालयमा बजेट माग गरिएकाले कामलाई निरन्तरता दिन आग्रहसमेत गरे ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीक अनुसार मूल्य अभिवृद्धि करबाहेक २ अर्ब ७८ करोड ४१ हजारमा २०८२ मङ्सिर २७ गते सम्पन्न गर्ने गरी गत वर्ष माघ २५ देखि शर्मा एण्ड कम्पनीले काम सुरु गरेको हो ।

Share News