काठमाडौं । विशेष अदालतले ललितानिवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणको फैसला गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार विभिन्न व्यक्तिाई दोषी ठहर गरेको छ भने केहीलाई सफाइ दिएको छ ।
अदालतले विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बरकुमार श्रेष्ठको आरोप दाबी पुग्न नसकेको ठहर गर्दै सफाइ दिएको हो ।
अदालतले पूर्व तीन मन्त्रीलाई सफाइ दिएको छ भने सचिव, मालपोत अधिकृतलाई दोषी ठहर गरेको छ । यस प्रकरणमा विशेष अदालतले तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, मालपोत अधिकृतहरू कलाधर देउजा, सुरेन्द्रमान कपाली तथा बिचौलियाहरू रामकुमार सुवेदी, शोभाकान्त ढकाललगायतलाई भने दोषी ठहर गरेको हो ।
[pdf id=464288]