काठमाडौं । ‘आइएमई पे’ ले यहि माघ महिना देखि आफ्नो एपमा ‘हिले नखेले कहिले’नामक १ रुपैयाँको खेल सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ १ रुपैयाँ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले १ रुपैयाँमा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् ।
यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट-अल्टिमा बुम १६१ क्युमा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने छ । साथै, प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ गते देखि माघ ८ सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५५ अतिरिक्त छुट (१५० रुपैयाँ सम्म) पनि प्राप्त गर्न सक्नेछन् ।