काठमाडौं । साधना लघुबित्त वित्तीय संस्थाले वित्तीय साक्षरता र लघुविमा क्षतिपुर्ति दावी वितरण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको पर्सा जिल्ला स्थित शाखा कार्यालय ठोरीले ठोरी गाउँपालिका वडा नं १ स्थित घलान टोलमा संचालन भएको थियो ।
कार्यक्रममा ठोरी गाउँपालकिाको वडा नं १ को वडाध्यक्ष घनमान थापा प्रमुख अतिथी, साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने विशिष्ठ अतिथी र शाखा कार्यालय ठोरीको शाखा प्रमुख ललिता सिह क्षेत्री सभापति, स्थानिय समाजसेवी, बुद्धिजिवी कर्मचारी समेतको उपस्थिती रहेको थियो ।
वित्तीय साक्षरता कार्यक्रममा प्रमुख अतिथी घनमान थापाले लघुवित्त संस्था गरिब तथा विपन्न परिवारलाई जिविको पार्जन तथा ससना व्यवसायको माध्यमबाट नेपालमा गरिबी न्यूनिकरणमा महत्वपु्र्ण भुमिका निर्वाह गरेको साथै कहि कतै ससानो कमजोरी देखिएकोले लघुवित्त संस्था सच्चिएर अझै राम्रासंग आफ्नो भुमिका बनाउन र लघुवित्त संस्थाबाट लिएको कर्जा नियिमत तिर्न तथा कर्जा मिनाहा हुने भ्रमबाट मुक्त हुनु पर्ने कुरामा जोड दिएका थिए ।
यसैगरि केन्द्रिय कार्यालयको प्रमुख कार्यकारी अधिकृत श्री रेश न्यौपानेले बित्तीय संस्था हाल ३१ जिल्लामा ९३ वटा शाखा कार्यालय मार्फत १ लाख ५ हजार सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको साथै लगभग ५० हजार जनालाई व्यक्तिहरुलाई लघुउद्यम तथा व्यवशाय गर्न कर्जा उपलब्ध गराएर रोजगारी सिर्जना गरेको, वित्तीय संस्थाले कर्जा, बचत, बिमा, रेमिटान्स मात्र नभई गैर वित्तीय सेवा पनि प्रदान गर्दै आएको र भविष्यमा आफ्नो सेवा प्रवाहलाई देशको विभिन्न भुभागमा बिस्तार गरि कार्यक्रम संचालन गर्ने लक्ष्य रहेको बताए ।
त्यसैगरि उल्लेखित कायक्रममा शाखा कार्यालय ठोरीमा आवद्ध केन्द्र नं ४९ मा आवद्ध सदस्य मनमाया तमाङको असमायिक निधन भएकोमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरि निजको श्रीमान आइत बहादुर तमाङलाई बिमा क्षतिपुर्त वापत बाँकी भएको कर्जा मिनाहा गरि एक लाख ७५ हजार ४ सय ९९ रुपैयाँ प्रमुख अतिथी र प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा क्षतिपुर्ति रकम वित्तरण गरेका थिए ।