काठमाडौं । आठौं घरजग्गा मेलामा २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
पुस १२ गतेदेखि सञ्चालन भएको ४ दिने मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताए । ४० हजारभन्दा बढी अवलोकनकर्ताहरुले मेला अवलोकन गरेको बताउँदै मेला सोचेको भन्दा पनि राम्रो भएको बताए ।
उनले मेलामा क्रेताहरु र विक्रेताहरु एकै ठाउँमा भेला भइ सबै जानकारी लिएर आफूले लगानी गर्न पाउनु राम्रो भएको बताए । अर्को पटकको एक्स्पोमा झनै विशेष सुविधा र छुटसहित गर्ने प्रतिवद्धता जनाउँदै उनले लिखित र मौखिक रुपमा सरकारले केही गरोस् भनेर सुझाव दिएपनि काम नबनेपछि व्यवसायीहरु सबै मिलेर मेला गर्दा सफल भएको जिकिर गरे । त्यस्तै, उनले २०७६ सालमा भएको मेलामा भन्दा १.५ प्रतिशत बढी व्यापार गरेको जानकारी गराए ।