मन्त्री किराँती भन्छन् : नेपालको पर्यटन क्षेत्रमा कामभन्दा कुरा बढी भयो

<p>काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम हुने गरेको बताए । नेपाल पर्यटन बोर्डले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालीपनको पर्यटन क्षेत्रको विकासमा आफू लागि परेपनि सोचेअनुसार अघि बढ्न नसकेको बताएका हुन् । उनले नेपालको पर्यटन नेपालीपनको हुुनुपर्नेमा आफूले जोड दिएको दोहोर्याए [&hellip;]</p>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम हुने गरेको बताए । नेपाल पर्यटन बोर्डले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालीपनको पर्यटन क्षेत्रको विकासमा आफू लागि परेपनि सोचेअनुसार अघि बढ्न नसकेको बताएका हुन् ।

उनले नेपालको पर्यटन नेपालीपनको हुुनुपर्नेमा आफूले जोड दिएको दोहोर्याए । मन्त्री किराँतीले पर्यटन क्षेत्रमा नेपालीपन झल्काउनका लागि आफूले सांस्कृतिक गाउँ निर्माणको कुरा गरेपनि त्यसलाई मातहतका निकायले बुझ्न नसकेको बताए । उनले नेपालको स्थानीय पर्व र स्वादलाई ब्रान्डिङ गरेर पनि नेपालमा पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सकिने बताएका छन् ।

‘मैले सुरुमा मन्त्री हुँदा भनेको थिएँ, नेपालको पर्यटन नेपालीपनको हुनुपर्छ । कस्तो हो नेपालीपनको भन्दा नेपालको प्रकृति भव्य छ । संस्कृति उस्तै भव्य छ । संस्कृति र प्रकृतिको समायोजनबाट निर्माण हुने पर्यटन नेपाली पर्यटन हुनेछ । र, त्यो स्थानीय स्वाद र स्वामित्वसहितको हुनेछ । अब हामीले काठमाडौंमा मात्र विकास गरेर मान्छे नबस्ने भयो । अब गाउँमा नयाँ पर्यटकीय गन्तव्यहरु हामीले विकास गर्नुपर्नेछ । त्यही कारण हामीले पुरानो गाउँ खोजीको कुरा गर्यौं गन्तव्य बनाउनका लागि । हामीले सम्पदा गाउँ निर्माणको कुरा गर्यौं । साँस्कृतिक गाउँ निर्माणको कुरा गर्यौं । अब अलिअलि त शुरु भएको छ । बढी कुरा, कम काम छ । अब यहाँका जात्रा महोत्सवहरु ठूलोठूलो गर्न पाए कुनै देशमा गोरु जुधाएको हेर्न जानका लागि एक वर्षदेखि टिकट बुकिङ गराएको हुन्छ । हामीले त्यस्तो त कति हेर्यौ, हेर्यौं ।’

मन्त्री किराँतीले नेपालको प्रकृति र संस्कृतिको समायोजन गरेर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

Share News