काठमाडौं । सरकारले आगामी वर्षदेखि सहिद दिवस र राम नवमीमा पनि सार्वजनिक बिदा दिने भएको छ । यही पुस ५ र १२ गतेको मन्त्रिपरिषद्को निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो बताएकी हुन् ।
यससँगै अब वि.सं. २०८१ सालमा उक्त दुई दिन पनि सार्वजनिक बिदा हुने भएको छ । विसं २०८१ सालमा दिइने सार्वजिनक बिदा तथा कार्यालय समय निर्धारण गर्दै सरकारले साविकको सार्वजनिक बिदामा सहिद दिवस र राम नवमीका दिन बिदा थप भएको मन्त्री शर्माले जानकारी दिइन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णयहरु