बालकुमारी आन्दोलनको छानबिन गर्न गृहमन्त्रालयले बनायो तीन सदस्यीय समिति

<p>काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनको विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । दुई जनाको ज्यान जाने गरी भएको उक्त आन्दोलनको छानबिन गर्न ३गृहमन्त्रालयले सदस्यीय समिति गठन गरेको हो । मन्त्रालयका अनुसार डीआइजी लाममणि आचार्यको संयोजकत्वमा गठित उक्त समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु [&hellip;]</p>

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनको विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । दुई जनाको ज्यान जाने गरी भएको उक्त आन्दोलनको छानबिन गर्न ३गृहमन्त्रालयले सदस्यीय समिति गठन गरेको हो ।

मन्त्रालयका अनुसार डीआइजी लाममणि आचार्यको संयोजकत्वमा गठित उक्त समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य छन् । यससँगै उनीहरुले अबको सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउनु पर्ने भनिएको छ ।

कोरिया भाषा परीक्षाको सिप बिल्डिङमा फेल भएकाहरुले उत्पादनमुलक क्षेत्रमा आवेदन भर्न नपाएको भन्दै शुक्रबार बिहानदेखि बालकुमारीमा आन्दोलन गरिरहेका थिए । उनीहरुले करिब २ बजे बालकुमारीमा प्रदर्शन गरेको युवाहरुको समूहले भौतिक योजना तथा यातायातमन्त्रीको गाडी जलाएका थिए । त्यसपछि अन्दोलन चर्किएको उक्त क्षेत्रमा हालसम्ममा चार दर्जनबढी घाइते भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

Share News