बालकुमारीमा प्रहरीको गोली लागेर एक पुरुषको मृत्यु, २ जना गम्भीर घाइते

<p>काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी सुजन राउतको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उक्त स्रोतका अनुसार करिब २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो । त्यस्तै भीड नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर थप [&hellip;]</p>

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी सुजन राउतको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

उक्त स्रोतका अनुसार करिब २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो ।

त्यस्तै भीड नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर थप दुई जना गम्भीर घाइते भएका छन् । घाइते भएका एक जनाको पाटन अस्पतालमा र अर्का एक जनाको किष्ट अस्पतालमा उपचार भइरहेको समेत जानकारी गराइएको छ ।

Share News