बालकुमारीमा युवाहरूले जलाए मन्त्रीको गाडी

<p>काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडीमा आगजनी भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)को विषयलाई लिएर प्रदर्शन उत्रिएका युवाले मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगो लगाएको बताइएको छ । गाडीमा आगो लगाएको [&hellip;]</p>

काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडीमा आगजनी भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)को विषयलाई लिएर प्रदर्शन उत्रिएका युवाले मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगो लगाएको बताइएको छ ।

गाडीमा आगो लगाएको खबर आएपनि प्रहरी टोली पनि त्यहाँ पुगेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए । युवाहरूले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

Share News