अपहरणमा परेको ३६ घण्टापछि २ वर्षीय बालिकाको सकुशल उद्धार

<p>भक्तपुर । २ वर्ष ५ महिनाकी शिशु आशिका सुनुवार अपहरणमा परेको ३६ घण्टापछि सकुशल अपहरणमुक्त भएकी छन् । नेपाल प्रहरीको एक टोलीले बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको हो । काठमाडौँ महानगरपालिका–८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका शिशुका अभिभावकसँगै रहेकी उनलाई गत मङ्गलबार चिया खान आएका व्यक्तिले [&hellip;]</p>

भक्तपुर । २ वर्ष ५ महिनाकी शिशु आशिका सुनुवार अपहरणमा परेको ३६ घण्टापछि सकुशल अपहरणमुक्त भएकी छन् । नेपाल प्रहरीको एक टोलीले बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको हो ।

काठमाडौँ महानगरपालिका–८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका शिशुका अभिभावकसँगै रहेकी उनलाई गत मङ्गलबार चिया खान आएका व्यक्तिले लगेको भन्दै प्रहरीमा उजुरी गरेपछि खोजी सुरु भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीको संयुक्त टोलीले बिहीबार भक्तपुरबाट बालिकाको उद्धार गरेर अभिभावकलाई बुझाएको हो । बालिका अपहरणको आरोपमा एकजनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

Share News