काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य भएपछि ट्रंक लाईनमा जोडिएका तीन कम्पनीहरुले बक्यौता रकम नतिरेकोे बताएको छ । प्राधिकरणका अनुसार उक्त लाईनमा जोडिएका कम्पनीहरुले एक अर्ब ३१ करोड २४ लाख रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी रहेको देखिएको हो ।
गत मंसिर मसान्तसम्मको तथ्यांकअनुसार नारायणी स्पात मिल्स, जगदम्बा इन्टर प्राइजेज र सिद्धि लक्ष्मी स्टीलले ट्रंक लाईनमा जोडिएपछिको बस्यौता रकम तिर्न बाँकी छ । जसमध्ये सबैभन्दा वीरगञ्जको नारायणी स्पात मिल्सको ७८ करोड ४८ लाख ९७ हजार, सिमराको जगदम्बा इन्टर प्राइजेजको ४७ करोड ९८ लाख २८ हजार र परासीको सिद्धि लक्ष्मीको ४ करोड ७६ लाख ८३ हजार रुपैयाँ बस्यौता रकम रहेको छ ।